उ एक विहानै थालीमा फूल सजाएर अक्षता पाती टिका चन्दनहरु लिएर मन्दिर जानेहरुका लाममा कहिल्यै भेटिन्न बरु फूल टिप्नेहरुलाई घ्रिणा अक्षता र चन्दन सजाउनेहरुलाई विचरा भन्छे आफ्नो विचारमा द्रिढ छे त्यो केटी मलाई मनपरेकी केटी ।
उ पुरुषकी श्रीमती हुन् वा कसैको पाउको दासी हुन् मरिगए तयार छैन त्यसैले उ भन्छे उ कसैको नामको सिन्दुर छुनेसमेत छैन कसैको नामको चुरा पोते उ लगाउनुभन्दा पहिले नै फुटाली दिनेछ चुडाइदिनेछ सम्बन्ध सहयोगी चाहिन्छ भन्छे मलाई लोग्ने हैन इमान्दार सहयोगीको खाँचो छ भन्छे त्यो केटी मलाई मनपरेकी केटी ।
उ ढुङ्गाको मूर्तीलाई लड्डु कोच्याएर आफ्नो भाग्य माग्न इन्कार गरीदिन्छे उ बरु दुनियाँ बदल्छु भन्छे महान महान लडाईं लड्छु भन्छे आफ्नो भाग्य आँफै निर्माण गर्छु भन्छे त्यो केटी मलाई मनपरेकी केटी ।
उ धार्मिक छैन नास्तिक छ उ पाउजु बजाउन जान्दिन उसलाई श्रीङगार सुहाउदैन कारण उसको विचार जति महान र सुन्दर छ उ पनि त्यत्तिकै सुन्दर छे, स्निग्ध छे त्यसैले उ सबैको लागि प्रेरणा छे त्यो केटी मलाई मनपरेकी केटी ।